सर्वोच्चद्वारा भूमि आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी !

ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्च अदालतद्धारा अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालत

विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यो आदेशसँगै सरकारले खारेज गरेको आयोग भने यथावत रहने भएको छ ।

आइतबार दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासबाट विपक्षीका नाममा कारण देखाउ आदेशसँग अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

यस्तै न्यायाधीश खतिवडाले दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा पनि बोलाउने आदेश दिएका छन् । ज्ञवालीले भूमिसम्बन्धी ऐन, २०२१ अनुसार गठन भएको आयोग खारेज हुन नसक्ने र आयोग खारेजीको निर्णयले जग्गा वितरण लगायतका अन्तिम चरणमा पुगेका काममा अपूरणीय क्षति पुग्ने रिटमा दाबी गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार