कैलाली कारागार भित्र कैदी बन्दीमाथि दमन भएको नेकपा विप्लवको आरोप !

जेलरलाई कारवाही गर्ने चेतावनी

कैलाली कारागारमा कैदीमाथि दमन भएको आरोप

धनगढी:  नेत्र विक्रम चन्द (विप्लव) निकटको नेपाल कम्युनिस्ट पार्टी कैलालीले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला कारागार कैलालीभित्र रहेका कैदीबन्दीमाथि दमन हुने, भ्रष्टाचार मौलाएको तथा कैदीबन्दीमाथि कुटपिट भएको आरोप लगाएको छ।

कारागारमा कार्यरत जेलर महेन्द्रबहादुर खड्काको नेतृत्वमा कैदीबन्दीको नाममा आएका सेवासुविधाको बजेटमा भ्रष्टाचार भएको, कारागारभित्र ब्राउन सुगर जस्ता लागुऔषध भित्र्याइने गरेको, कैदीबन्दीमाथि दुव्र्यवहार गर्ने गरेको तथा उक्त सूचना बाहिरिएको निहुँमा २ जना कैदी रमेश बटाला र तर्क तिमिल्सिनालाई मरनासन्न हुने गरि कुटपिट गरेको पार्टीको आरोप छ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समितिका कार्यालय सचिव प्रकाश रावलले जारी गरेको विज्ञप्तिमार्फत जेलर खड्कालाई सरुवासहितको विभागिय कारवाही गर्न माग गरिएको छ। साथै निजलाई कुनै कारवाही नभएमा पार्टीले आफ्नो पहलमा कारवाही गर्ने चेतावनी समेत दिइएको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ नेकपा विप्लव कैलालीद्वारा जारी विज्ञप्ति…

No description available.

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार