नेप्से बन्द, सेयर काराेबार पनि नहुने !

जनै पूर्णिमाकाे अवसरमा सार्वजनिक बिदा

नेपाल स्टक एक्सचेन्ज नेप्से

आज (भदाै ६ गते, आइतबार) सेयर बजार बन्द हुनेछ । आज जनै पूर्णिमाकाे अवसरमा सार्वजनिक बिदा गरिएकाे छ । त्यसैले आज सेयर बजार पनि बन्द हुनेछ ।

आज जनै पूर्णिमा र भाेलि साेमबार गाईजात्राकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले दुवै दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, याे साता बजार ३ दिन मात्र खुल्नेछ ।

नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार याे साता भने ३ दिन मात्र खुल्ने भएकाे हाे ।

अघिल्लाे साता नेप्से परिसूचक १.७८ अंकले बढेर ३१८०.७८ विन्दुमा बन्द भएको थियाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार