राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशको कमिटी गठन, अध्यक्षमा जोशी

नेकपा एमाले निकट राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन

राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशको कमिटी गठन

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ। माहा ओमराज जोशी अध्यक्ष रहने गरी १३ सदस्य रहने गरी समिति गठन गरिएको हो ।

उपाध्यक्ष चन्द्र शेखर बढु, सचिव हरिश प्रकाश बोहरा, सह-सचिव मा मोहन नाथ, कोषाध्यक्ष शान्ति धामी र सह- कोषाध्यक्ष भोजराज भट्ट चयन भएका छन्। सदस्य हरू मा महेश गिरि,केशव नाथ,तपेन्द्र खत्री,दीपेन्द्र नाथ,मनोज महरा चयन भएका छन्।

प्रदेश नम्बर ७ का अध्यक्ष महाओम राज जोशी का अनुसार अस्पताल फार्मेसी निर्देशिका २०७२ अक्षरशः लागु गर्नुपर्ने, औषधिको उचित प्रयोग गर्नको लागि सबै सरोकार निकाय तत्पर हुनुपर्ने , प्रदेश स्तरीय औषधि व्यवस्था विभाग र फार्मेसी परिषद् गठन गरिनुपर्ने लगायत मुद्दाहरू माथि आगामी दिनमा अगाडि बढ्नु पर्ने हुँदा सबै फार्मेसी पेसाकर्मी साथीहरू लाई मिलेर अगाडि बढ्न तयार रहन पनि अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य, गृहमन्त्री तथा नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी ज्यु रहनु भएको थियो। विशिष्ट अतिथि नेपाल फार्मेसी काउन्सिल तथा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलन पाण्डे रहनु भएको थियो। अतिथि मा राष्ट्रिय फार्मेसी संघ केन्द्रीय अध्यक्ष क्षितिज गर्तौला, नेपाल फार्मेसी काउन्सिल का सदस्य नीरज बर्तौला र अन्य प्रदेशका अध्यक्षहरूको उपस्थिति रहेकी थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार