देउवा पत्नी आरजुले धनगढी स्थित निवासमा भित्राइन् गौरा

प्रधानमन्त्री देउवाकी पत्नी आरजुले धनगढी स्थित निवासमा भित्राइन् गौरा

धनगढी: नेपाली काँग्रेसकी महिला नेतृ डा. आरजु राणा देउवाले धनगढी स्थित निवासमा गौरा भित्रायाइएकी छन् ।

आइतबारका दिन धनगढीस्थित देउवा निवासमा गौराको प्रतिमूर्ति भित्रायाइनुका साथै धुमधामका साथ पुजन गरिएको छ ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आइतबार बेलुकी धनगढी उत्तरबेहडीस्थित आफ्नो निवासमा गौराको विधिवत पूजा गरेकी हुन् । उनीसँगै गौराको पूजाआराधनामा स्थानीय महिलाले पनि साथ दिएका थिए ।

गौराको पूजा अर्चनाका लागि कांग्रेकी नेतृ आरजु आइतबार दिउँसो काठमाडौंबाट धनगढी आइपुगेकी थिइन् । पूजाअर्चनापछि देउवा निवासमै डेउडा खेलिएको थियो । डेउडा खेल्नका लागि देउवा निवासमा टेन्ट लगाइएको छ ।

देउवा निवास धनगढीमा गौरा खेलिने कार्यक्रम रहेको स्थानीय नेतृ प्रमिला लम्सालले बताइन् । यसै अवसरमा यहाँका महिला दिदीबहिनीसँग नेतृ आरजुले सामूहिक डेउडा खेलेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार