ल्यापटप किन्दा अपनाउनुहोस् यस्ता सावधानी ?

ल्यापटप

हामीले नयाँ ल्यापटप किन्नुपर्ने अवस्थामा ल्यापटपबारे सबै कुरामा हाम्रो ध्यान नपुग्न पनि सक्छ । जसले गर्दा ल्यापटप किनिसकेपछि पछुताउनुको अलावा अरू कुनै विकल्प रहँदैन । त्यसैले, तपाईंले ल्यापटप किन्दा यी टिप्स अपनाउनुभयो भने तपाईंको काम सहज हुनुका साथै ल्यापटपको आयु पनि लामो हुन्छ:

१. अपरेटिङ सिस्टम

नयाँ ल्यापटप किन्दा सही अपरेटिङ सिस्टम छनोट गर्न अलमल हुन पनि सक्छ । हिजोआज बजारमा प्रिस्टाइल अपरेटिङ सिस्टमवाला धेरै ब्रान्डका ल्यापटप पाइन्छन् । अहिले सबैभन्दा बढी लोकप्रिय अपरेटिङ सिस्टममा विन्डोज ७, विन्डोज ८, विन्डोज १० र एप्पलको आइओएस १० र ११, गुगल क्रोम ओएस छन् । यसअनुसार जुन अपरेटिङ सिस्टममा काम गर्न सजिलो हुन्छ सोही सिस्टम छान्नु उपयुक्त हुन्छ ।

२. किबोर्ड

यदि तपाई ल्यापटपमा ज्यादा काम गर्नुहुन्छ भने तपाईंका लागि सोलिड किबोर्डवाला ल्यापटप उपयुक्त हुन्छ । यसबाट तपार्इंको किबोर्डको की छिट्टै खराब हुने सम्भावना कम हुन्छ । यदि तपार्इं बिजनेस ल्यापटप किन्न चाहनुहुन्छ भने किबोर्डमा जी र एचको बीचमा नब चेक गर्नुहोस् । उक्त नबको सहयोगले तपाईं आफ्नो औंला सजिलैसँग किबोर्डमा राख्न सक्नुहुन्छ ।

३. डिस्प्ले

कोही मानिसलाई सानो स्क्रिन भएको ल्यापटप मन पर्छ त कसैलाई ठूलो साइजको । यस्तोमा तपाईं आफ्नो सुविधा र सहजताका आधारमा ल्यापटप स्क्रिन छनोट गर्न सक्नुहुन्छ । १५ इन्चको स्क्रिन साइज प्रयोगकर्ताले रुचाएको र काम गर्न सजिलो मानेको साइज हो ।

४. प्रोसेसर र र्याम

ल्यापटप किन्दा बाहिरी आवरणका अलावा आन्तरिक फिचरका बारेमा पनि सावधानी अपनाउनुपर्ने हुन्छ । तपाईंले उपयुक्त प्रोसेसर र र्यामको छनोट गर्न नसकेको अवस्थामा पछि अनावश्यक झन्झट उठाउनुपर्ने हुन्छ । इन्टेल आई ३, इन्टेल आई ५ र इन्टेल आई ७ मा कुनै एक प्रोसेसर छनोट गर्नु उत्तम हुन्छ । साथै, लेटेस्ट अपरेटिङ सिस्टम प्रयोग गर्न चाहनुहुन्छ भने ४ जिबी र्याम भएको ल्यापटप छनोट गर्ने सही विकल्प हुन सक्छ ।

५. ब्याट्री ब्याकअप

ल्यापटपलाई पावर दिनका लागि ब्याट्री जरुरत पर्दछ । यसैले ल्यापटप किन्दा ब्याट्री ब्याकअपका बारेमा थाहा पाउनु जरुरी हुन्छ । साधारणतया ल्यापटपमा लिथिएम आयन ब्याट्री हुन्छ जसले लामो समयसम्म ब्याकअप दिन्छ । लिथियम आयन ब्याट्रीद्वारा सञ्चालित हुने ल्यापटपमा ब्याट्रीको एमएएच जाँच लिन सकिन्छ । त्यसअनुरूप जति लामो एमएएच हुन्छ उति नै लामो ब्याट्री ब्याकअप रहन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार