अभिनेता अक्षय कुमारलाई मातृशोक

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो ।

उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए ।

अक्षयकी आमाको निधनबारे अभिनेता स्वयंमले पुष्टि गरेका हुन् । ट्विट गर्दै उनले लेखेका छन्, “उहाँ मेरो मूल हुनुहुनथ्यो । र, आज म निको नहुने घाउ महसुस गरिरहेको छु । मेरी आमा अरुणा भाटियाले आज बिहान शान्तिपूर्वक यो संसार छोडेर मेरो बुवासँग अर्को संसारमा प्रस्थान गर्नुभएको छ । म र मेरो परिवार यो अवस्थाबाट गुज्रिरहँदा तपाईंहरूको प्रार्थनाको कदर गर्छु । ओम शान्ति ।” नवभारत टाइम्सबाट ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार