कैलाली-कञ्चनपुरका १३८ स्थानमा सीसी क्यामरा जडान

आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास

सीसी क्यामरा जडान

धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक करोड ७३ लाख रुपैयाँमा सीसी क्यामेरा खरिद गरी कैलाली-कञ्चनपुरका विभिन्न ठाउँमा जडान गरेको छ ।

राजमार्ग क्षेत्र लगायतका स्थानमामा हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्युनिकरण र अपराध अनुसन्धानमा सहजता हुने अपेक्षा सहित मन्त्रालयले सीसी क्यामरा जडान गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहना अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गगरिएका छन ।

मन्त्री जोशीले कैलाली–कञ्चनपुरका विभिन्न स्थानमा गरी एक सय ३८ ठाउँमा सीसी क्यामेरा जडान गरिएको जानकारी दिइन् । आपराधिक क्रियाकलाप नियन्त्रण, सवार दुर्घटना न्यूनीकरण र सवारी दुर्घटनाका दोषी पक्राउ गर्न सहज हुुने अपेक्षा सहित मन्त्रालयले सीसी क्यामरा जडान गरेको मन्त्री जोशी बताउँछिन् ।

सुदूरपश्चिममा पहिलोपटक यति ठूलो संख्यामा सीसी क्यामेरा जडान गरिएको हो । ‘अहिले यहाँ दुर्घटना गरेर फरार हुने घटना बढिरहेको छ, अब प्रहरीले यस्ता फरार भएकाहरूलाई सजिलै पक्राउ गर्ने छ’ मन्त्री जोशीले भनिन्, सीसी क्यामेरा जडान भएपछि प्रहरीको डरले आपराधिक क्रियाकलाप कम हुनेछ ।’

सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको छ । कैलाली कञ्चनपुरको १२ स्थानमा सीसी क्यामेरा निगरानी स्थलसमेत तयार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री जोशीले मन्त्रालय सम्हाले लगत्तै असार २८ गते पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली जिल्लाको चिसापानीदेखि कञ्चनपुर गड्डाचौकी र अत्तरिया देखि धनगढी मिलनचोक सम्म जडान हुने सीसी क्यामरा जडान कार्यको प्रगति बारे स्थलगत निरिक्षण समेत गरेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार