सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट (पूर्णपाठ)

अघिल्लो बजेटको तुलनामा १५ अर्ब कम आकारको बजेट पेश

अर्थमन्त्री जनार्दन शर्मा1

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश गरेका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट पेश गरेको थियो । यससँगै वर्तमान सरकारले अघिल्लो बजेटको तुलनामा १५ अर्ब कम आकारको बजेट पेश गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा ‘आर्थिक अध्यादेश, २०७८ ’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ र ‘विनियोजन अध्यादेश, २०७८’ पेस गरेका थिए । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएको थियो । लगत्तै दोस्रो बैठकमा पनि एमाले सांसदहरुले संसद अवरोध गरे । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई आर्थिक अध्यादेश पेश गर्ने समय दिएका थिए ।

संशोधित बजेटको पूर्णपाठ :

Bidhek

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार