सेप्टेम्बर १४ मा आइफोन १३ सार्वजनिक हुने, यी हुनेछन् फिचर्स

आइफोन १३

काठमाडौं ।  एप्पलको बहुप्रतिक्षित नयाँ संस्करणको आइफोन सेप्टेम्बर १४ मा सार्वजनिक हुने पक्का भएको छ ।

एप्पलले California Streaming नामक विशेष समारोहमार्फत् आइफोन १३ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो । यसका लागि एप्पलले सञ्चारमाध्यमहरुलाई निमन्त्रणा समेत पठाउन सुरु गरेको छ । यद्यपि सो कार्यक्रममा कुन कुन प्रडक्टहरु सार्वजनिक हुने भन्ने चाहीँ खुलाइएको छैन ।

एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा हुने विशेष समारोहमा आफ्ना नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ । सोही बमोजिम यसपटक आइफोन १३ सिरिज सार्वजनिक हुने भएको हो ।

यसअघि गत अप्रिल महिनामा एप्पलले Spring Loaded नामक समारोहमा आफ्नो नयाँ आइप्याडको रुपमा आइप्याड प्रो सार्वजनिक गरेको थियो । आइप्याड प्रो (२०२१) मा एप्पलकै एम वान चिपसेट प्रयोग गरिएको थियो ।

सेप्टेम्बर १४ मा हुने समारोहमा एप्पलले आइफोन १३ का अलावा एप्पल वाच सिरिज सेभेन तथा एयरपड्स थ्री पनि लञ्च गर्ने अपेक्षा गरिएको छ ।

एप्पलको आसन्न आइफोन १३ का विशेषता र फिचर्सका बारेमा पनि विभिन्न खाले समाचारहरु सार्वजनिक भैसकेका छन् । रिपोर्टमा दाबी गरिए अनुसार आइफोन १३ मा स्याटेलाइट कनेक्टिभिटी हुनेछ, जुन निश्चित ठाउँहरुमा मात्र उपलब्ध हुने बताइएको छ । उक्त फिचरका कारण मोबाइल नेटवर्क नभएका ठाउँमा समेत आइफोनले काम गर्नेछ ।

आइफोन १३ मा आइओएस १५ अपरेटिंग सिस्टम हुने बताइएको छ । साथै यसको ब्याट्री क्षमता पनि उत्कृष्ट हुने बताइएको छ ।

आइफोन १३ सिरिजमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी गरी चारथरी मोडेल हुने बताइएको छ । समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि-बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ ।

आइफोन १३ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिए अनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।

म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १३ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । यसमा अटोफोकसन सपोर्ट रहनेछ । आइफोन १२ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।

आइफोन १३ सिरिजमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ ।

नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्दतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न सक्नेछन् ।

आइफोन १३ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । FrontPageTech.com को रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ ।

फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार