फोरजीमा एक वर्षमै टेलिकमले थप्यो झण्डै ४० लाख नयाँ ग्राहक

एक वर्षमै ३९ लाखभन्दा बढी नयाँ ग्राहक थप

नेपाल टेलिकम

काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी सेवामा पछिल्लो एक वर्षमै ३९ लाखभन्दा बढी नयाँ ग्राहक थप गरेको छ ।

कम्पनीको देशव्यापी रुपमा फोरजी नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुनै लाग्दा ग्राहक सङ्ख्यामा ठूलो बढोत्तरी देखिएको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस (म्यानेज्ड इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार गत वर्षको असार मसान्तसम्म कम्पनीको फोरजी सेवामा आठ लाख ४३ हजार ९६९ ग्राहक रहेका थिए ।

त्यसयताको एक वर्षमा कम्पनीले आफ्नो कूल फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३७५ पुर्‍याएको हो । टेलिकमको फोरजी सेवामा यति धेरै नयाँ ग्राहक थपिएको यो नै पहिलो पटक हो ।

उता प्रतिस्पर्धी निजी कम्पनी एनसेल आजियाटा लिमिटेडको तुलनामा तुलनामा भने टेलिकम अझै पछाडि छ । गएको असार मसान्तसम्म एनसेलको फोरजी नेटवर्कमा ५० लाख ४२ हजार ९९८ ग्राहक जोडिएका छन् । जब कि गत वर्षको असारसम्म कम्पनीका फोरजी ग्राहक ३७ लाख ४६ हजार ९९० को सङ्ख्यामा रहेका थिए ।

यस अवधिमा एनसेलको फोरजी ग्राहक आधार १२ लाख ९६ हजार भन्दा बढीले वृद्धि भएको छ । अर्कोतर्फ स्मार्ट टेलिकम प्रालिको फोरजी प्रयोगकर्ता एक लाख ६६ हजार ७४६ पुर्‍याएको छ । जब कि गत वर्ष कम्पनीको फोरजी सेवामा दुई लाख तीन हजार १४८ ग्राहक रहेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार