कैलाली प्रहरीद्वारा साढे चार लाख मूल्य बराबरका अवैध सामान बरामद

धनगढीबाट साढे चार लाख मुल्य बराबरका अवैध सामान बरामद

धनगढी : कैलाली प्रहरीले साढे चार लाख बढीको भन्सार छलीका सामान बरामद गरेको छ ।

धनगढी उप-महानगरपालिका वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएका चार लाख ५१ हजार २७५ मूल्य बराबरका सामान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

विभिन्न किसिमका सामानहरू बरामद गरी भन्सार ऐन बमोजिम कारबाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार