धनगढीमा बाल दिवसको अवसरमा बाल व्यक्तित्व विकास उत्प्रेरक कार्यक्रम

५७ औँ राष्ट्रिय बाल दिवस

धनगढीमा बाल दिवसको अवसरमा बाल व्यक्तित्व विकास उत्प्रेरक कार्यक्रम

कैलाली : धनगढीमा बाल दिवसको अवसरमा बाल व्यक्तित्व विकास उत्प्रेरक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली, CWIN Nepal, WOREC Nepal र नगर बालक्लव सञ्जाल धनगढीको संयुक्त आयोजनामा ‘स्वर्णिम भविष्यको निशानी,बालबालिकामा लगानी’ र ‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधीकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित सोमबार यस जिल्ला प्रहरी कार्यालय कैलालीको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकाको व्यक्तित्व विकाशलाई बढाउन बालबालिकालाई कसरी उत्प्रेरक गराउने र महामारीले बालबालिकामा पर्न गएको मानसिक समस्याको बारेमा मानसिक रोग विशेषज्ञसँग बालबालिकाहरूको अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

May be an image of 1 person, sitting and standing

कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख विश्व अधिकारीज्यूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा CWIN Nepal का कार्यक्रम संयोजक हरिलाल चौधरी,धनगढी उपमहानगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत अनिता बुढाऐर, WOREC Nepal का प्रतिनिधि जयकाल चौधरी र नगर बाल सञ्जालका उपाध्यक्ष लक्ष्मी जोशी लगायत ३५/४० जनाको सहभागिता रहेको थियो ।

May be an image of ४ people, people sitting, people standing and indoor

बालबालिकाको अधिकार रक्षार्थ देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार