नाक र कानमा लगाएको मुन्द्राको लोभमा बझाङमा हजुरआमाको हत्या

बझाङमा कान र नाकमा लगाएको मुन्द्राको लोभमा हजुरआमाको हत्या

बझाङ : बझाङमा हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको हत्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको हत्या गरी आँगन नजिकै शव गाडेको अवस्थामा ३० गते नै प्रहरीले शब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए। सुनको लोभले हजुर आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

घटना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६/७ बजेको समयमा घटना स्थलमा पुगी भित्र भएको शवलाई तानेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार