संविधान दिवसको दिन सुदूरका ४ जिल्लाका १८ कैदीलाई आम माफी

१८ कैदीको सजाय मिनाहा

कैदीलाई आम माफी
प्रतिकारात्मक तस्बिर

धनगढी : संविधान दिवसको अवसर पारेर कैलाली सहित सुदूरपश्चिमका चार जिल्लाका १८ कैदीको सजाय मिनाहा गरिएको छ ।

कैलालीका चार जनासहित ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर तथा नासु वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार सजाय मिनाहाका लागि दुई जना भारतीयसहित ९ जनाको नाम सिफारिस गरिएको थियो । जसमध्ये एक महिलासहित ६ जना कैदीको सजाय मिनाहा गरिएको हो ।

त्यस्तै कञ्चनपुरमा ७ , बझाङ ४ र बैतडी १ जनाको कैद सजाय मिनाहा गरिएको बताइएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार