दार्चुलामा पहिरो खस्दा दुई वटा गाडीमा क्षति

पहिरोले दार्चुलामा दुई वटा जीपमा क्षति

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ रिलमा पहिरो खस्दा दुई वटा गाडीमा क्षति भएको छ।

मंगलबार लटिनाथबाट गोकुलेश्वरतर्फ जाँदै गरेको बा २१ च ७२७९ नम्बरको स्कार्पियो गाडी र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बोलेरो जीपको अगाडि र स्कार्पियोको पछाडिको भागमा बढी क्षति भएको छ। माथिबाट खसेको ठूलो ढुगांले गाडीको पछाडिको भाग थिचिएपछि चलाउन सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

पहिरोको छेउमा गाडी रोकेर भाडा उठाउँदै गर्दा माथिबाट ढुगां खसेर क्षति भएको बताइएको छ। स्कार्पियोका चालक कञ्चनपुरको कृष्णपुरा नगरपालिका बस्ने ३५ वर्षीय गणेश भट्ट रहेका थिए। पहिरोले मानवीय क्षति भने नभएको र दुई वटा गाडीमा क्षति पुगेको स्थानीयहरुले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार