कैलालीमा खैरो हिरोईन सहित ३ जना पक्राउ

कैलालीमा खैरो हिरोईन सहित ३ जना पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले धनगढी उप–महानगरपालिका वडा नम्बर १ वुद्धमार्गमा लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको हो।

४ ग्राम १०० मिलिग्राम खैरो हिरोईनसहित धनगढी उप–महानगरपालिका ८ बस्ने वर्ष १९ का आदर्श कुंवर, सोहि ठाउँका २४ वर्षीय बसन्त चौधरी र वडा नम्बर ६ बस्ने १८ वर्षय हिमाल शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तिनै जनालाई लागु औषध खैरो हिरोइन मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार