नेपालमा शिक्षा प्रणाली काम लागेको छैन : मुख्यमन्त्री भट्ट

नेपालमा शिक्षा प्रणाली काम लागेको छैन

धनगढी: धनगढीमा नेपाल प्राध्यापक संघको प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

कैलाली बहुमुखी क्याम्पसमा शनिबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रमको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रले परिणाम नदिएको बताएका छन्। ‘नेपालमा शिक्षा प्रणाली काम लागेको छैन। पहिलाको शिक्षा काम लागेको थियो। तर अहिलेको शिक्षा काम लागेको छैन्’ उनले भने।

स्थानीय तहमा शिक्षाको अधिकार भएपनि जनशक्तिको अभाव रहेको उनले बताए। कार्यक्रम डाक्टर बुद्धबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रशिक्षण कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार