वडा प्रहरी धनगढीद्धारा ३ महिना सम्मको कार्यसमीक्षा, अपराध हुन नदिन विशेष योजना लागु गर्ने

वडा प्रहरी धनगढीद्धारा ३ महिना सम्मको कार्यसमीक्षा, अपराध हुन नदिन विशेष योजना लागु गर्ने

धनगढी : वडा प्रहरी कार्यालय धनगढी कैलालीले पत्रकारहरू सँग चाड पर्व लक्षित छलफल तथा अन्तरक्रिया गरेको छ ।

बुधवार समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप, हाम्रो प्रहरी सँग हामी कार्यक्रम  अन्तर्गत वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले  पत्रकारहरू सँग चाड पर्व लक्षित छलफल तथा अन्तरक्रिया गरेका हुन् ।

चाडपर्व लक्षित छलफल तथा अन्तरक्रिया कार्यक्रममा चाड पर्वको समयमा धनगढी उप-महानगरपालिका क्षेत्र भित्र हुन सक्ने आपराधिक क्रियाकलाप तथा शान्ति सुरक्षा गतिविधि सम्बन्धी धनगढीमा क्रियाशील पत्रकारहरू सँग आवश्यक सल्लाह सुझाव लिइएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जानकारी दिए ।

यस्तै, प्रहरी निरिक्षक जैशीले सुदूरपश्चिमका अस्थायी राजधानी धनगढीमा अपराधिक क्रियाकलाप हुन नदिन विशेष योजना बनाएर योजना लागु गर्ने बताए ।  उनले, वडा प्रहरी कार्यालय धनगढीले माथिल्ला सुरक्षा निकाय र स्थानीय नागरिकसंगको सहकार्यमा विशेष सुरक्षा योजना लागु गर्ने बताए ।

त्यस्तै, प्रहरी निरीक्षक जैसीले आफूले वडा प्रहरी कार्यालय धनगढीको कमाण्ड सम्हाले देखीको तिन महिने अवधिमा लागु औषध (खैरो हिरोइन) ९ ग्राम २७० मिलिग्राम, ४४ ग्राम चरेस बरामद गरेको र होटेलमा वेश्यावृत्तिमा संलग्न ११ जना उपर मुद्दा चलाइएको जानकारी दिए ।

उनका अनुसार लागु औषध प्रयोग र कारोवार, यातायात भाडामा ठगी, मापदण्ड विपरित व्यवसाय सञ्चालन गर्नेहरु पनि ठुलो संख्यामा प्रहरीका कारबाहीमा परेका छन् ।

मुख्य बजारदेखि सीमावर्ती बस्तीमा हुने चोरीका घटना न्यनीकरण गर्न वडा प्रहरी कार्यालयले समुदायसंगको साझेदारीमा काम गरिरहेको जैशीले बताए । उनले सीमानाका हुने चोरी तस्करी, लागुपदार्थ सम्वन्धी अपराध नियन्त्रणका लागि माथिल्ला निकायसंग सहकार्य भइरहेको उनले बताए ।

तीहार र छठलाई लक्षित गरी यात्रु सहायत कक्ष, मास्क वितरण लगायतका कामहरु निरन्तर गरिने उनले बताए ।

साथै जैसीले धनगढी नगरमा (प्रोयाक्टिभ पुलिसिङ र रियाक्टिङ्ग) गरी दुई तरिकाले प्रहरीले सेवा दिने जानकारी गराउँदै नेपालीहरूको दोस्रो ठुलो चाँड तिहारको शुभकामना समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार