राष्ट्रिय किशोर सञ्जाल नेपालको आयोजनमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुँदै

राष्ट्रिय किशोर सञ्जाल नेपालको आयोजनमा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला हुँदै
धनगढी : राष्ट्रिय किशोर सञ्जाल नेपालले ‘बालबालिकाको संरक्षण र संरचनामा स्थानीय सरकारको भूमिका’ विषयक राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता-२०७८ को आयोजना गर्ने भएको छ ।
‘बालबालिकाको संरक्षण र संरचनामा स्थानीय सरकारको भूमिका’ विषयक राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सिविन नेपालको सहयोग, सहकार्य र राष्ट्रिय किशोर सञ्जाल नेपालको आयोजनामा यही कार्तिक २५ गने बिहीबारबाट सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताका नियमहरू र पुरस्कार राशि निम्नअनुसार रहेको छ ।

 
१. नेपालकाे सबै जिल्लाबाट १०-१९ उमेर समूहका किशोरकिशोरीहरु सहभागी हुन पाइने ।
२. भिडियो स्पस्ट बुझिने, कसैलाई आक्षेप नलाग्ने गरि शुद्ध नेपाली भाषाकाे प्रयाेग भएकाे र बढिमा ४ मिनट सम्मकाे हुन पर्ने र भिडियो तेर्सो (Landscape) हुनुपर्ने ।
३. मूल्यांकन १५% भ्युज, लाइक र दर्शककाे प्रतिकृयाकाे आधारमा र ८५% निर्णायक मण्डलको निर्णयले हुने ।
४. सम्पूर्ण सहभागीहरुलाई डिजिटल प्रमाण-पत्र सँगै प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमश ६७००/-,५४००/-,४०००/- र Public Choice हुनेलाई २०००/- प्रदान गरिने । पुरस्कार प्रदान गर्दा नेपाल सरकारले निर्धारण गरे बमोजिम २५% कर काटेर प्रदान गरिने ।
५. भिडियो पठाउने माध्यम
– Email: nabn.nepal@gmail.com
– फेसबुक: राष्ट्रिय किशोर सञ्जाल नेपाल
– whatsapps नं: 9865817964
६. भ्युज, लाइक र दर्शककाे प्रतिकृयाकाे लागि ७ दिनकाे समय निर्धारण गरिएकाे ।
७. भिडियो मिति २०७८/०७/२५ गते सम्म पठाई सक्नु पर्ने।
८. भिडियो पठाउदा आफ्नाे नाम, ठेगाना र सम्पर्क नं उल्लेख गर्नु पर्ने ।
९. भिडियो पाेस्ट २०७८/०७/२५ गते बाट गर्न सुरु गरिने र पोस्ट राष्ट्रिय किशोर सञ्जाल नेपाल को आधिकारिक फेसबुक पेज ‘National Adolescent Boys’ Network Nepal’ मा हुने ।

थप जानकारीको लागि :

कार्यक्रम संयोजक: कृष्ण अधिकारी 9864908118

अध्यक्ष: विजयराज जोशी 9865817964

उपाध्यक्ष: निर्देश सुवेदी 9863374890

:- राष्ट्रिय किशोरी सञ्जाल नेपाल बालबालिकाको आपातकालीन उद्धार संरक्षण राहत र परामर्शका लागि पैसा नलाग्ने फोन नं १०९८ (दश-नौं-आठ) मा सम्पर्क गरौँ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार