विभिन्न कार्यक्रमका साथ धनगढीमा पनि मनाइयो विश्व ब्रेथफ्री श्वास प्रश्वास रोग दिवस

विभिन्न कार्यक्रमका साथ धनगढीमा मनाय बिश्व ब्रेथफ्री- स्वास प्रस्वास रोग दिवस (World COPT-Day November-17)

धनगढी : नोभेम्बर 17 अर्थात विश्व COPD दिवस ( ब्रेथफि दीर्घकालीन स्वास प्रस्वास रोग दिवस ) विभिन्न कार्यक्रमका साथ मनाइयको छ । नोभा अस्पताल प्रा.ली. र सिल्पा लिमिटेडको सहकार्यमा सुदूरपश्चिम सामाजिक बिकास मन्त्रालयमा विभिन्न स्वास्थ सङ्ग आबद्ध पेशाकर्मिहरुको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न गरियको हो ।

नेपाल फार्मेसी संघ सुदूरपश्चिमका महासचिव राजेश भट्टको संयोजकत्वमा गरियको उक्त कार्यक्रमको उदघाटन बरिस्ठ फिजिसियन प्राध्यापक डा. शुभेस राज कायस्थले गर्नोभयको थियो ।

उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वास्थ आपुर्ती महाशाखा प्रमुख डा. जगदीश जोशी लगायत अन्य कर्मचारिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहकार्यमा भागेस्वर एकेडेमि फर हेल्थ साइन्स र खप्तड टेक्निकल कलेजका शिक्षक तथा बिद्यार्थिहरु को उच्च भुमिका निर्बाह थियो ।

साथै विभिन्न स्वास्थ पेशाका संघ संगठनहरुले भुमिका निर्बाह गरेको कार्यक्रमका संयोजक समेत रहनुभयका नोभा अस्पताल प्रा. लि.का इन्टेर्नल तथा पुब्लिक रिलेसनशिप मेनेजर तथा नेपाल फार्मेसी संघ सुदूर पश्चिम समितिका महासचिव राजेश भट्टले जानकारी दिनोभयो ।

कार्यक्रममा सुदूर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयबाट शुरु भयको र्याली बजार तथा अस्पताल परिसरमा परिक्रमा गरि धनगढीको तारानगरमा रहेको देव तालिम केन्द्रमा अन्तक्रिर्या कार्यक्रमका साथ सम्पन्न भयको थियो। अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती प्राध्यापक डा. सुभेष राज कायस्थ बिशिस्ट अथितिमा प्रदेश स्वास्थ आपुर्ती महाशाखा प्रमुख डा. जगदीश जोशी अथितिमा नोभा अस्पताल प्रा.लि. मेडिकल सुपेरिडेन्डेन्ट डा. राम बिहारि थारु चौधरि,प्रशासकिय अधिकृत तथा फिजियोथेरापिस्ट डा. सुमन भट्ट पनेरु र अन्य विभिन्न एकेडेमिक तथा सस्थागत प्रतिनिधिहरु रहनु भयको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती प्राध्यापक डा. कायस्थले आफुले आफ्नो जिबनको अमुल्य समय स्वास्थ क्षेत्रमा बिताउदा देखिने मुल समस्या नै स्वास प्रस्वास सम्बन्धि रहेको कुरा प्रस्ठ पार्नु भयो ।

प्राध्यापक डा. शुभेस राज कायस्थका अनुसार श्वास प्रस्वास समस्या बाट बच्न धुम्रपान पटक्कै गर्नु हुँदैन् । भइसकेको अवस्थामा चिसोबाट जोगिनुपर्छ र चिसो मौसममा भाइरस तथा ब्याक्टेरियाहरूको संक्रमण भई रुघाखोकी लाग्ने र निमोनिया हुने समेत सम्भावना रहन्छ यसबाट पनि जोगिनुपर्छ । स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामीहरूलाई रुघाखोकी, निमोनिया लगायतका संक्रमण भएमा दम बढ्ने शरीरमा अक्सिजनको मात्रा कम हुने र विषाक्त कार्बनडाइअक्साइडको मात्रा बढी हुन गई जटिल अवस्था सिर्जना गराउँछ । यस्ता बिरामीलाई सघन उपचार कक्ष आईसीयुमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।

यसरि कार्यक्रम मा सिप्ला लिमिटेड का बजार प्रतिनिधि हरुले COPD व्यवस्थापन तथा उपचार का लागि प्रयोग हुने आफ्नो कम्पनि बाट उपलब्ध सामाग्री तथा औषधी हरु को समुचित प्रयोग को बारेमा प्रकाश पार्नु भयको कुरा जानकारी गराउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार