बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : ४ जनाको मृत्यु, अध्यारोका कारण उद्दारमा समस्या

अध्यारोका कारण उद्दारमा समस्या

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना
फाईल तस्बिर

धनगढी : बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बैतडी सदरमुकाम गोठालापानीबाट सिमारतर्फ गइरहेको जन्ती सवार जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।  दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

म १ ज ३१० नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए।

जीपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नभएको र थप खोजी भइरहेको खड्काले बताए। अध्यारोका कारण उद्दारमा समस्या भईरहेको प्रहरीले जनाएको छ । मृतकको संख्या थप बढ्न सक्ने अनुमान छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार