लागुऔषधसहित धनगढीमा २ जना पक्राउ

लागुऔषधसहित धनगढीमा २ जना पक्राउ

धनगढी : धनगढीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । सोमबार साँझ उपमहानगरपालिका–२ भन्सार रोडबाट बैयाबेहडीका २६ वर्षीय सन्देश बोगटी र वडा नम्बर १ बस्ने ३० वर्षीय बीजय मगराती पक्राउ परेका हुन्।

बोगटीले  चलाएको लु४५प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुलाई पक्राउ गरी लागु औषध शिर्षक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार