टीकापुरमा अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्ती स्थापना

टीकापुरमा अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्ती स्थापना

धनगढी : कैलालीको टिकापुर नगरपालिका वडा नं. ६ र ७ द्वारा सयुत्त रूपमा निर्मित अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्तिको उद्घाटन गरिएको छ ।

सोमबार टिकापुर नगरपालिका वडा नं. ६ र ७ अन्तरगत पर्ने हुलाकी सड्क खण्डमा कर्णाली पुलमा सो अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन गरिएको हो ।

अस्थायी ट्राफिक प्रहरी पोस्टको उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक वकिल ब,सिंह साथै वडा न. ६ का वडा अध्यक्ष बलिराम चौधरिको उपस्थिति रहेको थियो ।

May be an image of ११ people, people standing and outdoors

उद्घाटन कार्यक्रममा राजनीतिक दल, पत्रकार, शिक्षक, समाजसेवी, बुद्धिजीवी लगायत सर्वसाधारण लाई ट्राफिक जनचेतना मूलक कार्यक्रम समेत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक वकिल ब. सिंहले जानकारी दिए ।

सो क्षेत्रबाट कैलाली, बर्दिया आवत जावत गर्ने र अन्य सवारी सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी र जनपद प्रहरीलाई संयुक्त रूपमा सेवा प्रवाह गर्न सहज होस भन्ने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोस्टको स्थापना गरिएको सिंहले बताए ।

May be an image of ११ people, people standing, outdoors and tree

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार