धनगढीमा पहिलो पटक कोभिड-१९ ‘एन्टीबडी’ जाँच गर्न मिल्ने प्रयोगशाला सञ्चालन

४५ लाख बराबरको एकल लगानी

धनगढीमा पहिलो पटक कोभिड-१९ एन्टीबडी जाँच गर्न मिल्ने प्रयोगशाला सञ्चालन

धनगढी : धनगढीमै पहिलो पटक कोभिड-१९ विरुद्ध लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता मापन गर्न सकिने अत्याधुनिक सुविधा भएको प्रयोगशाला सञ्चालनमा आएको छ ।

उल्लेखित सुविधा सहित मंगलबारबाट धनगढी ४ उत्तरबेहेडीमा मेट्रोसिटी डाईग्नोष्टिक सेन्टर सञ्चालनमा आएको हो । सो प्रयोगशालाको उद्घाटन सुन्दर सुदूरपश्चिम का अभियन्ता गोपाल हमालले गरेका हुन् ।

४५ लाख बराबरको एकल लगानीमा सञ्चालनमा आएको मेट्रोसिटी डाईग्नोष्टिक सेन्टर प्रयोगशालामा अत्याधुनिक सुविधा रहेको सञ्चालकको दाबी रहेको छ ।

उक्त प्रयोगशालामा धनगढीमै पहिलो पटक कोभिड-१९ न्युट्राईजीङ एन्टीबडी जाँच गर्ने सुविधा रहेको छ । सो पद्धतिबाट कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिहरूमा कोरोना भाइरस कोभिड-१९ सँग लड्न सक्ने क्षमता (एन्टिबढी) कति छ भनेर थाहा पाउन सकिने मेट्रोसिटी डाईग्नोष्टिक सेन्टर प्रयोगशालाका प्रबन्ध निर्देशक नीरज भट्टले बताए ।

धनगढीमा (सिएमएलटी) र भारतबाट (बिएमएलटी) गरेका भट्टले सुदूरपश्चिमको आवश्यकतालाई मध्यनजर गर्दै सो प्रयोगशाला खोलेको र सबैलाई सेवाको मौका तथा सुझाव सल्लाह दिन आग्रह गरेका छन् ।

यस्तै, मेट्रोसिटी डाईग्नोष्टिक सेन्टरमा प्रोस्टेट सम्बन्धी जाँच, विभिन्न प्रकारका रगतबाट पाठेघर, स्तन तथा प्यनत्रियाजको क्यान्सर जाँच गर्न सकिने भट्टले जानकारी दिए ।

यसका साथै बिरामीलाई गाह्रो छ भने घरमै पुगेर स्वास्थ्य जाँचको निम्ति रगत सङ्कलन गर्ने र रिपोर्ट लिन नसक्ने अवस्था भए स्वास्थ्य जाँचको रिपोर्ट समेत अनलाइनमार्फत सम्बन्धित व्यक्ति लाई पठाउने व्यवस्था गरिएको छ । भने उद्द्धाटनको पहिलो दिन सुगर र हेपटाईटिसको निःशुल्क चेकजाँचको व्यवस्था गरेको मेट्रोसिटी डाईग्नोष्टिक सेन्टरले जनाएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार