SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी तालीम

धनगढीमा वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी तालीम

धनगढी : धनगढीमा वित्तीय साक्षरता तथा डिजिटल बैङ्किङ्ग सम्बन्धी तालीको आयोजन गरिएको छ । धनगढी स्थित ग्लोबल आईएमई बैङ्कको चौराहा शाखा र सेतो पुल शाखाको संयुक्त आयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षण ग्लोबल आईएमई बैङ्क का चिफ मार्केटिङ अफिसर शान्ता सिवाकोटी ले प्रदान गर्नुभएको थियो ।

निर्माण व्यवसायी संघ कैलालीको सभा हलमा सञ्चालित उक्त कार्यक्रममा उपस्थित २ सय बढी व्यवसायी, विद्यार्थी तथा सरोकारवालाहरूले लाभ लिएको ग्लोबल आईएमई बैङ्क धनगढी शाखाका कर्जा अधिकृत दिनेश ओझाले जानकारी दिनुभयो ।

डिजिटल प्रविधिको वृद्धि विकास सँगै सोको उचित प्रयोगको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ओझाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार