सवारी साधन मोडिफाई तथा स्वरूप परिवर्तन नगर्न आग्रह गर्दै कैलाली ट्राफिकद्वारा ३२ मोटरसाइकल नियन्त्रण

धमाधम कारबाही गरीदै

सवारी साधन मोडिफाई तथा स्वरूप परिवर्तन नगर्न आग्रह गर्दै कैलाली ट्राफिकद्वारा ३२ मोटरसाइकल नियन्त्रण

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा अत्याधिक ध्वनी प्रदुषणसहित कुदाउने गरिएका मोटरसाइकलविरुद्धको कारबाही तीव्र पारेको छ । स्वरुप परिवर्तन (मोडिफाई) गरेर ठूलो आवाजसहित सडकमा पड्कँदै कुद्ने यस्ता मोटरसाइकल धमाधम कारबाहीमा पर्न थालेका हुन् ।

कम्पनीको साइलेन्सर पाइप हटाएर ‘मोडिफाई’ गर्दै कुदाइने बुलेटले ध्वनी प्रदूषण गरेर आतंक सिर्जना गर्न थालेपछि नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

मोटरसाइकलमा सवार ३२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाई-बुझाई गरी कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाइएको उनले बताए । कम्पनीको साइलेन्सर परिवर्तन गरेर ठूलो आवाज बनाई कुदाइने मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको र तीव्र गतिमा कुदाइने गरेका कारण दुर्घटनाको जोखिम बढेको गुनासो आउने गरेको थियो ।

साथै सवारी साधन मोडिफाई तथा स्वरुप परिवर्तन गरि नचलाउन ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार