एक बर्षको अवधिमा लक्ष्मी बचत सहकारीद्धारा २५ लाख ८२ हजार मुनाफा आर्जन

एक बर्षको अवधिमा लक्ष्मी बचत सहकारीद्धारा २५ लाख ८२ हजार मुनाफा आर्जन

धनगढी : धनगढीको धनगढीस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा २५ लाख ८२ हजार रुपैयाँ नाफा गरेको छ  ।

शनिवार सहकारीको सम्पन्न १२ औँ साधारण सभामा आर्थिक वर्ष ०७/०७७ मा २५ लाख ८२ हजार ३ सय ३४ मुनाफा आर्जन गरेको जानकारी दिएको हो ।

विभिन्न उतारचढावका बीच २०७७/७८ सम्म आई पुग्दा सो सहकारीको उक्त पुँजी १ करोड ६९ लाख २१ हजार रुपैयाँ रहेको छ। जुन आव /७७ को तुलनामा २.९४ प्रतिशलले वृद्धि भएको जनाएको छ ।

विस २०६७ असोजमा ५० जना शेयर सदस्यबाट स्थापनाकालमा २५ लाख शेयर पुँजीबाट सुरु गरेको सहकारीले आव २०७७/७८ को सहकारीको बचत तर्फ १४ करोड ६४ लाख ५७ हजार रहेको जनाएको छ ।

सहकारीले आर्थिक वर्ष २०७८/७९ मा शेयर पुँजी २ करोड २५ लाख पुर्‍याउने लक्ष्य लिएको सहकारी संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार