गजल : आमा

गजल : आमा
सन्तानको निम्ति परेली, रुझाउँछिन् मेरी आमा
हाँसो सुम्पिए पीडा, लुकाउँछिन् मेरी आमा !
मायाले बोलाउँदै साने भन्छिन् मेरी आमा
मिठो खानु राम्रो लाउनु भन्छिन् मेरी आमा !
जति दुःख गरे पनि फल दिने देवता हुन् भन्छिन् मेरी आमा
मिल्छ भने मन्दिर जानु भन्छिन् मेरी आमा !
हामी त डाँडाको घाम डुब्ने कुनै भर छैन भन्छिन् मेरी आमा
काशी गया केदार जानु भन्छिन् मेरी आमा !!
रचनाकार
नाम : कृष्ण भाट
अध्ययन : +२ विज्ञान
जन्मस्थान : आदर्श गा.पा.४ सुन्दर बस्ती रोडिङ्ग, डोटी
हाल : काठमाडौँ, नेपाल

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार