विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थ

पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर उकालो लागेको छ । विश्व बजारमा आज कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलरसम्म पुगेको छ ।

आज ब्रन्ट क्रुडको ११८, ओपेक बास्केटको ११७, डब्लुटिआई क्रुडको ११५, बोनी लाइटको ११५ डलर प्रति ब्यारल पुगेको छ ।

युक्रेन संकटबाट नै तेलको मूल्य उकालो लागेको थियो । रुसले युक्रेनमाथि हमला गरेपछि तेलको मूल्य झन् आकाशिएको छ । मूल्य बढेर केही दिनमै १२५ डलर प्रति ब्यारल पुग्ने प्रक्षेपण भएको छ ।

मूल्य वृद्धिको असर नेपालमा पनि परेको छ । नेपाल आयल निगमले निरन्तर तेलको मूल्य वृद्धि गरिरहेको छ । अझै पनि निगम घाटामा रहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार