साथीको नाममा मोटरसाइकलको प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिने एक युवक कञ्चनपुरमा पक्राउ

कारागार चलान

कञ्चनपुर : साथीको नाममा मोटरसाइकलको प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिने एक युवक पक्राउ गरेका छन्। बैतडीको डिलाशैनी गाउँपालिका–६ का लक्ष्मण नाथको नाममा ट्रायल दिइरहेका कञ्चनपुर पुनर्वास नगरपालिका–२ का सन्तोष तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।  पक्राउ परेका तामाङले साथीलाई सहायता गर्न आएको बयान दिएको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार