होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न कैलाली प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढी : होली पर्वमा जबरजस्ती रङ दल्ने र लोला हान्ने जस्ता क्रियाकलाप नगर्न कैलाली प्रहरीले आग्रह गरेको छ । पर्वमा रमाईलो तथा मनोरञ्जनका नाममा हुनसक्ने उच्छृङ्खल तथा अपराधिक गतिविधि हुन वा गर्न नदिन सबैले सुरक्षाका उपायहरुमा ध्यान दिन आग्रह गरिएको हो ।

पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने समेत प्रहरीले चेतावनी दिएको छ ।

कोरोनाको जोखिम यथावत रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको हो । यो वर्षको होली पर्व पहाडी र हिमाली क्षेत्रमा बिहीबार र तराईमा शुक्रबार परेको छ ।

May be an image of text

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार