कैलालीको लम्कीमा युवक माथि चक्कु प्रहार घटनामा संलग्न एक जना पक्राउ

चक्कु प्रहार

धनगढी : कैलालीको लम्कीमा एक युवकमाथि चक्कु प्रहार गरिएको छ । लम्की बजारक्षेत्रमा स्थानीय अन्दाजी २५ वर्षीय दिनेश थापामाथि आज दिउँसो खुकुरी प्रहार भएको हो ।

बजारको चोकमै दिनदहाडै उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चक्कु प्रहारबाट घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार