कैलालीमा तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्यूनीकरण गर्न लिडार स्पिड गनको प्रयोग

तिब्र गति जिवन क्षति

कैलालीमा सवारीको तीव्र गति नियन्त्रणका लागि लिडार स्पिड गनको प्रयोगमा ल्याइएको छ ।

धनगढी : कैलालीमा सवारीको तीव्र गति नियन्त्रणका लागि लिडार स्पिड गनको प्रयोगमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सवारी साधन तीव्र गतिमा चलाउँदा हुने दुर्घटनाको क्षतिलाई न्यूनीकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गन भित्र्याएको हो ।

कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको बढ्दो तथ्याङ्क, अवस्था तथा प्रकृतिलाई विश्लेषण गर्दा तीव्र गतिका कारण दुर्घटना भई घाइते, मृत्यु तथा धनजनको क्षति अत्यधिक मात्रामा भएको पाइएकोले लिडार स्पिड गनको साहयताले चेकजाँच गरी तीव्र गतिमा चलाउने सवारी साधन लाई कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा, चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि प्रति घण्टा र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४० देखी ६० किलोमिटर प्रति घण्टाको गतिमा सवारी साधन चलाउन पाइने व्यवस्था छ । भने सो लिडार स्पिड गनले ३ सय मिटर दुरीमा रहेको सवारीको गति कति छ भन्ने थाहा पाउन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निर्धारित गति भन्दा बढी गतिमा सवारी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को उपदफा (१) को (छ) अनुरूप कडा भन्दा कडा कारबाही गरिने बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार