‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले पनि मनायो विश्व स्वास्थ्य दिवस

स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारको अवस्था सुधारोन्मुख रहेको भनाई

'स्वच्छ वातावरण, स्वस्थ नेपाली' भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले पनि मनायो विश्व स्वास्थ्य दिवस

धनगढी : ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले पनि विश्व स्वास्थ्य दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा धनगढीमा बिहीबार एक कार्यक्रम गर्दै  प्रदेश सरकारले विश्व स्वास्थ्य दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले अहिले पछिल्लो समय रुख बिरुवा लगाउन छोडेर घरमा एसी जोड्ने प्रवृत्तिले वातावरणमा झन् प्रभाव परेको बताउनुभयो ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक राज्यमन्त्री मना कुमारी साउँदले सरकारले स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको भए पनि अझै प्रदेशका नौ जिल्लाहरूमा महिलाहरूको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको र महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न चुनौतीका रुपमा नै रहेको बताउनुभयो ।

यसै गरी, कार्यक्रममा बाल्दै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल ब. खड्काले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो ।

उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा सम्बन्धित कार्यालयका प्रमुख, स्वतथ्यकर्मी एवम् सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार