बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनगढीमा १ पुरुष पक्राउ

करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

धनगढी : धनगढीमा एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ की ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो।

गत चैत्र ३० गते बालिकामाथि दुर्व्यवहार गरिएको खबर आएपछि तुरुन्तै उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता जोशीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार