धनगढी मेयरमा करोडको गाडी चढेर धुलो उडाउने रोज्नेकी, जनतासंगै धुलोमा हिँड्नेलाई रोज्ने ?

धनगढी मेयरमा करोडको गाडी चढेर धुलो उडाउने रोज्नेकी, जनतासंगै धुलोमा हिँड्नेलाई रोज्ने ?

केशब बिष्ट/जापान : बैसाख ३० गते सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढी उप- महानगरपालिकामा उमेदवारहरुबिच निकै प्रतिस्प्रधा हुँदैछ भन्ने सुनियो । हो सत्ता गठबन्धन, एमालेबिच निकै प्रतिस्प्रधा हुने देखिन्छ ।

यहाँ ५ बर्षे कार्यकाल पुरा गरिसकेका निबर्तमान मेयर नृप बहादूर वड, युवा तथा लोकप्रिय नेता रण बहादूर चन्द र स्वतन्त्र उमेदवार गोपाल हमालको चर्चा निकै देखिएको छ ।

निबर्तमान मेयर समेत रहेका नृप बहादूर वडको कार्यशैली हामीले परिक्षण गरिसकेका छौँ । उनको कामले ९० प्रतिशत धनगढीका जनता असन्तुस्ट छन् । केही १० प्रतिशत उनका कार्यक्रता बाहेक उनकै पार्टीका नेताहरुपनि वडको कामले अशन्तुस्ट छन् । प्रधानमन्त्रीपत्नी आरजुका बिश्वासपात्र भएकै कारण उनले फेरी मेयरको टिकट पाएका हुन् ।

उनले ३०७४ सालको निर्वाचनमा गरेका अधकिाशं बाचा पुरा गर्न सकेनन् । गौरिफन्टा नाकालाई स्तरोन्नती गर्ने, धनगढी बिमानस्थल अन्तराष्ट्रिय बनाउने, खोला नाला अतिक्रमण हटाउने, धनगढीलाई स्मार्ट सिटि बनाउने लगायत उनका थुपै्र घोषणाहरु अलपत्र छन् ।

जनतालाई झुक्याएर मत पाएका वड अहिले पार्टीकै ३० प्रतिशत मात्रै मत पाउने आकंलन छ, र गठबन्धनको सारथी नेकपा माओवादी केन्द्रबाट ८० प्रतिशत मत एमालेलाई जाने देखिन्छन् । यस कारण यस पटक नृप बहादूर वड धेरै मतान्तरको फरकले पराजित हुने देखिन्छ ।

स्वतन्त्र उमेदवारका रुपमा २०७४ सालमा पराजित भएका गोपाल हमाल यस पटकपनि स्वतन्त्र उमेदवार बनेका छन् । २०७४ सालमा २ हजार ७ सय मत कम ल्याएर पराजित भएका हमाल यस पटक जित्ने आशमा छन् ।

हमाल बिगतमा कुनै राजनितिमा थिएनन् उनी आफ्नो ब्यवसाय गर्दै आर्थिक आम्दानीमै ब्यस्त थिए । नत उनले देश परिवर्तनका लागी आन्दोलन गरे नत पिछिडिएको बर्गका लागीनै संघर्ष गरे, तर अहिले धनगढी बनाउँछु भनेर हमाल मेयर बन्न दौडधुपमा छन् । उनलाई २०७४ सालको तुलनामा ५० प्रतिशत मत कम आउने प्रस्ट देखिएको छ ।

२०७४ सालमा धनगढीका ९० प्रतिशत ब्यवसायीको साथ पाएका हमाल यस पटक एक्लिएका छन् । यस पटक उनलाई धनगढीका १० प्रतिशत ब्यवसायीकोपनि साथ छैन । स्वतन्त्र उमेदवार भएर २०७४ सालमा पराजित भएका हमाल पार्टीमा गए जितिन्छकी भनेर बिवेकशिल साझा पार्टीमा लागेर सुदूरपश्चिम संयोजक बने । र पार्टीबाट चुनाव लडे एक हजार मत समेत नआउने देखेपछि उनी फेरी स्वतन्त्र उमेदवार बनेका छन् ।

हमाल यहाँका जनताका सवालमा काम गर्नपनि सक्दैनन्, न उनले कुनै आन्दोलनमा सहभागीता जनाएका छन्, न कुनै जनताका सवालमा अहिलेसम्म कामनै गरेका छन् । हमाल एसी गाडी र ५ स्टार होटलमा बस्ने ब्यक्ती हुन त्यस कारण उनि धनगढीका गरिब निमुखाका लागी काम गर्न नसक्ने प्रस्ट छ ।

यो निर्वाचनमा बिकल्प रण बहादूर चन्द मात्रै हुन् । नेकपा एमालेको बिद्यार्थी संगठन अनेराश्वबियुबाट राजनितिमा लागेका चन्दको ३० बर्षे राजनितिक यात्रा निश्कलकिंत छ । कहिल्यै कुनै बिवादमा नतानिएका चन्द यस पटक धनगढी उप-महानगरपालिकाको मेयरका उमेदवार बनेका छन् ।

२०३६ सालमा बैतडीको तत्कालिन सलेना गाबिस ८ अर्थात अहिलेको मेलौली नगरपालिका वडा नम्बर ३ मा जन्मेका चन्द शालिन स्वभावका इमान्दार नेताका रुपमा परिचित छन् । कक्षा ७ सम्म जन्मभुमी बैतडीमै अध्यायन गरेका चन्दले कक्षा ८ बाट धनगढीमा पढाई शुरु गरेका हुन् । धनगढीको पञ्चोदया माध्यमिक बिद्यालयबाट प्रमाणपत्र तह पास गरेका चन्दले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह सम्मको अध्यायन गरेका छन् । २०४८ सालमै राजनितिमा लागेका चन्द २०५० सालमा स्कुल इकाई सचिव बनेर पार्टीमा संगठित बनेका थिए ।

त्यसपछि कैलाली बहुमुखी क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष बनेका चन्द अनेरास्वबियु कैलालीका सचिव बनेका थिए । त्यसपछि सेती अञ्चल सदस्य हुँदै केन्द्रिय सदस्यसम्म पुगे । बिद्यार्थी राजनिति संगै पार्टीको सशक्त राजनिति शुरु गरेका चन्दले पार्टीको धनगढी नगर सदस्य, उप सचिव, दुई कार्यकाल सचिवको कार्यभार सफलता पुर्वक सम्हाले ।

त्यसपछि कैलाली जिल्ला कमिटि सदस्य धनगढी ईन्चार्ज हुँदै पार्टी जिल्ला कमिटि कैलालीको ७ बर्ष सचिवको जिम्मेवारी निभाए । र नेकपा बन्दा केन्द्रिय सदस्य समेत बनेका चन्द एमाले कैलालीका निबर्तमा उपाध्यक्षपनि हुन् । जनआन्दोलनका क्रममा ३ महिना प्रहरी प्रहरी हिरासत बसेका चन्द बिभिन्न बिद्यार्थी आन्दोलनमा निकै सक्रिय देखिन्थे ।

तत्कालिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भ्रमण टोलीमा चाइनाका बिभिन्न ठुला शहरको समेत अवलोकन गरिसकेका चन्दलाई बिकासका बारेमा निकै ज्ञान छ । धनगढीका ९० प्रतिशत संघ संस्थामा आबद्ध रहेका चन्द सामाजिक कार्यमा निकै अग्रसर हुने गरेका छन् ।

मेयरका उमेदवार चन्दको अहिलेसम्म कसैसित मनमुटाव भएको छैन होला । उनि यति सरल र इमान्दार नेता हुन सबैले चिन्न जरुरीपनि छ । त्यस कारण इमान्दार

र सरल ब्यक्ती ल्याए हामीलाइपनि भोलीका दिन अधिकार माग्न सहज हुन्छ । हामी जस्तै पिडा उनले अहिलेपनि भोगेका छन् । एउटा पुरानो मोटरसाइकल कुदाउँदै पार्टी र जनताको काममा हिन्ने मान्छे रोज्नेकी करोडको गाडीमा हिनेर हात हल्लाउनेलाई रोज्ने जनताको हातमा छ ।

हाम्रा पिडा बुझेको, पिडा संगै खेलेको ब्यक्ती रोज्नेकी एसी महल र करोडको कारमा धुलो उडाउँदै हिन्नेलाई रोज्ने हाम्रो हातमा छ । अहिलेको आवश्यक्ता रण बहादूर चन्दलै हुन्, कृपया भुल नगर्नुहोला । बैसाख ३० गते धनगढीको मेयरका लगी सुर्यमा छाप लगाउन अनुरोध गर्दछु । केशब बिष्ट/जापान

-प्रकाशित शब्दहरू लेखकका व्यक्तिगत बिचार हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार