चाहेर पनि निर्मला पन्त प्रकरण सुल्झाउन सकेन: प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री

प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीले आफ्नो कार्यकालमा

धनगढीः प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्रीले आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरण सुल्झाउन नसकेको बताएका छन्। महानिरीक्षक थापाले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल नभएको बताएका हुन्।

‘मैले चाहेर पनि यो घटना ब्रेक थ्रु गर्न सकिनँ। ब्रेक थ्रु गर्न पाएको भए राम्रो हुन्थ्यो। कोसिस गर्‍यौं तर सकिनँ,’ उनले भने। थापाले नयाँ महानिरीक्षकले उक्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्नेमा आफू आशावादी रहेको समेत बताए। ‘अब आउने महानिरीक्षले ब्रेक थ्रु गर्नु होला। उहाँहरु म भन्दा काबिल हुनहुन्छ,’ उनले भने

शैलेश थापा क्षेत्रीले प्रहरी महानिरीक्षक पदबाट बैशाख १८ गते अवकाश पाउँदैछन्। उनी जुलाई,२०२० मा २८ औं प्रहरी महानिरीक्षक नियुक्त भएका हुन्। उनले २२ महिना प्रहरी महानिरीक्षक हुँदा अपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धान गर्न सफल भएको दाबी गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार