सुदूरपश्चिमका यी तीन जिल्लामा टेलिकमको सेवा अवरुद्ध

टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

शुक्रबार साँझ आएको हावाहुरीका कारण डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर ब्रेक भएपछि बैतडी, दार्चुला र बझाङमा टेलिकमको सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

हावाहुरीले विद्युतको पोल ढलेपछि फाइबर ब्रेक भएको र टेलिकमले प्रदान गर्ने भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । अवरुद्ध सेवा सुचारुका लागि प्राविधक टोली खटिएको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार