कैलालीमा एकै दिन ३ जनाको मृत्यु

महिला झुण्डिएको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा झुण्डिएर ३ जनाले आत्महत्या गरेका छन् । मंगलबार भजनी नगरपालिका र धनगढी उप-महानगरपालिकामा ३ जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका–१ गौनिया बस्ने करिब ४ वर्षीया आशा देवी चौधरी स्थानिय पशुपति सामुदायिक बनमा रुइनाको रुपमा दोपट्टाको पासो लगाएर झुण्डिएकी छिन् । उनको शव पोष्टमार्टमका लागी टिकापुर अस्पतालमा राखिएको छ ।

भजनी नगरपालिका–८ मोहनापुर बस्ने ७५ वर्षीया काली चौधरी थरुनीले आफ्नै घरमा प्लास्टिकको डोरीमा पासो लागेर आत्महत्या गरेकी छिन् । उनको शव पनि टिकापुर अस्पतालमा राखिएको छ । त्यस्तै धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने नम्रता चौधरीले पनि पङ्खाको सिलीङमा दोपट्टाले पासो लगाएर आत्महत्या गरेकी छिन् । १६ वर्षीया नम्रताको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार