सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले मनायो स्व.बद्रीनाथ भण्डारीको ९७ औँ जन्मजयन्ती

सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले मनायो साहित्य प्रेमी स्व.बद्रीनाथ भण्डारीको ९७ औँ जन्मजयन्ती

धनगढी : सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीको आयोजनामा बैशाख २७ गते, वरिष्ठ समाजसेवी,दानविर, साहित्य प्रेमी स्व.बद्रीनाथ भण्डारीको ९७ औं जन्मजयन्ती समारोह सम्पन्न भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको भवनमा उक्त कार्यक्रमका सभापति समाजका अध्यक्ष तिर्थराज पाण्डेय, कार्यक्रमका प्रमुख अतिथि समाजका पुर्व अध्यक्ष प्राज्ञ बासुदेव पाण्डेय,विशिष्ट अतिथि निवर्तमान अध्यक्ष रामलाल जोशी रहनु भएको थियो ।

संस्थापक अध्यक्ष यज्ञराज जोशी (यात्री), कैलाली क्याम्पसका प्राध्यापक साहित्यकार गणेश राज जोशी लगायत साहित्य कला प्रेमी, प्राध्यापक एवं विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता र स्वर्गीय भण्डारीका सुपुत्र, सुपुत्री, बुहारी र नाति समेतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा दानविर भण्डारी लाई बक्ताहरुले अत्यन्तै पबित्रता र भण्डारी कुल बाट मात्र नभई नेपालको इतिहास विश्वभर उजागर हुने कार्य गरेको बिशेशत; साहित्य समाजका निम्ति भवन निर्माण देखी, विश्व नेपाली साहित्य महोत्सव र सबै भन्दा बढी धन राशिको अक्ष्ायकोष स्थापना गरि साहित्य समाज प्रती गौरवमय कामहरुको थालनी भएको बताएका छन।

बदृनाथ भण्डारीले आफुले साहित्यलाई औधी साकारात्मक र संसारको बहुमुल्य प्रतिभाको रुपमा लिनेर आफ्नो स्वर्गारोहण पश्चात् यदि अर्को जुनिको जन्म पायो भने म साहित्यकार भएर जन्मिनु पाउँ भन्ने संकल्प बोकेको बक्ताहरुको भनाइ थियो।

वि.स.१९८३ बैशाख २७ गते जन्मिनु भएका भण्डारीले यो संसार बाट वि.स.२०७७ फागुन १८ गते यस पबित्र धर्ती बाट आफ्ना अनुकरणीय कृतिमान सहित महाप्रस्थान हुनु भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार