एमाले बैतडीले चिन्न नसकेका सन्तोष डिलाशैनीवासी जनजनको मनमनमा बसेपछि…!

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् ।

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) लाई पछि पार्दै उनी अध्यक्षमा विजयी भएका हुन् । जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६४१ मत प्राप्त गरे । यो मत सङ्ख्या हेर्दा जोशीले ५ सय ३८ मतान्तर ले विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् ।

यस्तै डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेस दुई÷दुई वडामा विजयी भएका छन् । वडा नं १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नं २ मा एमालेका नवराज घरडी,वडा नं ३ मा एमालेका रघुबीर बोहरा, वडा नं ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नं ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नं ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नं ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन् ।

पालिका अध्यक्षमा निर्वाचित जोशी एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीले पार्टीका सबै संगठनबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएका थिए । पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका उनी तीन जना वडा अध्यक्ष सहित निर्वाचित भएका छन् ।

एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालसंगको टक्करकै कारण उनले पार्टीबाट विद्रोह गरेका हुन् । पार्टीबाट टिकट पाउन नसकेपछि जोशी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार