डाक्टर मेराज आलम अन्सारी सम्मानित

डाक्टर मेराज आलम अन्सारी

धनगढी : डाक्टर मेराज आलम अन्सारी सम्मानित भएका छन् । स्वास्थ्य सेवा तथा समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै डाक्टर अन्सारी सम्मानित भएका हुन् ।

कैलाली जनपुस्तकालयको ६५ औँ बार्षिकोत्सव समारोहमा अन्सारीलाई बिपी कोइराला स्मृती राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०७८ बाट सम्मानित गरिएको हो ।

एक कार्यक्रमका बिच जनपुस्तकालयका अध्यक्ष डा. टि एन जोशी, सुदुरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, बिशिष्ट अतिथी सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका तथा सचिब टंक प्रसाद जोशीले डाक्टर अन्सारीलाई सम्मानपत्र सहित सम्मानित गरेका हुन् ।

डाक्टर मेराज आलम अन्सारीको जन्म बिक्रम संवत २०३८ साल माघ १५ गते बुवा गुलाम रसुल अन्सारी र आमा जरीना खातुनको कोखबाट जन्मेका थिए । स्वास्थ्य सेवा तथा समाजसेवा क्षेत्रमा डाक्टर अन्सारीले महत्वपुर्ण योगदान पु¥याएका छन् । सुदुरपश्चिम प्रदेशमा रहेर बिगत दुई दशक देखी अनरवरत रुपमा सो क्षेत्रमा आवद्ध रहेका छन्।

साथै उनले बरिष्ठ चिकित्सकको रुपमा धनगढीस्थीत सेती प्रादेशिक अस्पताल तथा निर्सग अस्पताल लगायत बिभिन्न संघसंस्थामा आवद्ध छन्। सम्मानित गरेको भन्दै डाक्टर अन्सारीले आयोजक कैलाली जनपुस्तकालय परिवारलाई धन्यवाद ब्यक्त गरेका छन् । साथै उनले बिभिन्न ब्यक्ती तथा सामाजिक संघसंस्थाबाट सम्मान पाउँदा खुसी लागेको र यस्ले थप उर्जा थपिने जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार