सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउट लेट सञ्चालनमा

सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउट लेट सञ्चालनमा आएको छ ।

कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउट लेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रवार देखी भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।

देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।

१७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न, लत्ता कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । त्यसै गरी स्टोरमा रेष्टूरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाई टेक सिनेमा (मल्टिप्लेक्स) पनि सूचारु हुने छ ।

सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदुरपश्चिममा अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए । उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए ।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराई ले बताए । साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जनाए ।

शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, धनगढीका प्रजिअ किरण थापा लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार