कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः कुँवर विजयी, सदस्यमा चन्द सहित अन्य कोको भए विजयी ?

उद्योग वाणिज्य संघ कैलालीको अध्यक्षमा पुनः कुँवर

धनगढी :  कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्। पदाधिकारीमा विजयी सबै कुँवर प्यानलकै उम्मेदवार हुन्।

यस्तै सदस्यहरुमा अम्बिका भण्डारी, कबिन्द्र पन्त, कृष्णाकुमारी बिष्ट, कोपिला कुँवर, तिलकबहादुर बोहरा, प्रकाश चन्द, बाशुदेव भट्ट, मिलन कुँवर, रबि कुँवर, राधिकाकुमारी चौधरी, रिता जोशी, रुपेश खड्का, लोकराज भट्ट, शम्भु लामिछाने, श्यामराज जोशी, सुरेन्द्रबहादुर कडायत र सुरेन्द्रकुमार बोहरा निर्वाचित भएका छन्। शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।

उद्योग वाणिज्य संघ कैलालीको अध्यक्षमा पुनः कुँवर

उद्योग वाणिज्य संघ कैलालीको अध्यक्षमा पुनः कुँवर

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार