सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रामा चालकको भूमिका बारे सम्झाई बुझाई गर्दै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रामा चालकको भूमिका बारे सम्झाई गर्दै ट्राफिक प्रहरी

धनगढी : जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीमा हुने सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको लागी धनगढीका अटो रिक्सा चालकहरूलाई चेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ ।

आइतबार जिल्ला ट्राफिक प्रहरी कैलालीले धनगढी उप-महानगरपालिकामा सञ्चालन भई रहेका अटो तथा ई-रिक्सा चालकहरूलाई सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रामा चालकको भूमिका बारे सम्झाई बुझाई गरिनुका साथै चालकले पालना गर्नु पर्ने ट्राफिक नियम सम्बन्धी पर्चा पम्पलेट समेत वितरण गरेको हो ।

धनगढीमा दैनिक जसो हुने सवारी दुर्घटना तथा जाम कम गर्ने धेयले सवारी चालकलाई ट्राफिक नियम बारे सम्झाई गर्नुका साथै पर्चा पम्पलेट वितरण गरिएको ट्राफिक प्रहरी हवलदार सिद्धिराज विष्टले जानकारी दिए ।

उक्त कार्यक्रम समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण, व्यवस्थापन, ट्राफिक नियमको पूर्ण पालनाका लागी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् ट्राफिक प्रहरी निरीक्षक वकिल ब. सिंहले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार