धनगढीको नवजीवन सहकारीद्वारा १० जना ‘बेइमान’ कर्मचारीमाथि कारबाही

कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेका १० जना कर्मचारीमाथी कारबाही गरिएको छ।

धनगढी : कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडका विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेका १० जना कर्मचारीमाथी कारबाही गरिएको छ। विभिन्न नक्कली फाइल खडा गरी डेढ करोड ऋण प्रवाह गरेका १० जना कर्मचारीमाथी २४ घण्टे स्पष्टीकरण सोधिएपछि कारबाही गरिएको हो ।

नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको कुरा बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही छानबिनपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो। सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले उक्त कुरा बाहिरिएपछि सहकारीका उपाध्यक्ष ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताए । सहकारी संस्थाका  १० कर्मचारीले दोस्रो पटक स्पष्टीकरणमा सो घटनामा संलग्न रहेको भटिएको र सहकारीको कार्यमा बेवास्ता गरेको र चित्त बुझ्दो जवाफ नदिएको भन्दै कारबाही गरिएको बताए। छानबिन समितिले बुझाएको प्रतिवेदनपछि सहकारीको सञ्चालक समितिले १० कर्मचारीको घटुवा र पदोन्नति रोक्का गर्ने निर्णय गरिएको छ, उनले भने ।

सहकारीको सञ्चालक समितिले अधिकृत स्तरका ३ जना कर्मचारीको घटुवा र पदोन्नति रोक्का गर्ने निर्णय गरेको सहकारीका महाप्रबन्धक गुरुले बताए। यस्तै अन्य ७ जना कर्मचारीहरुको पदिय जिम्मेवारी अनुसार ५ ग्रेडदेखि १ ग्रेडसम्म खोसुवा गरि कारबाही गरिएको छ। यस्तै नक्कली फाइल प्रमाणीकरण तथा सदर गर्ने धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी, धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्ट र दीर्घराज जोशीको घटुवा र पदोन्नति रोक्का भएको छ, उनले भने । उक्त प्रकरणमा सहभागी भएका भरतबहादुर बस्नेत, श्यामराजा शाह, खगेन्द्रराज जोशी, चेतराज पाण्डेय, कटक बाहदुर ओलि, सत्यनारायण चौधरी र लक्ष्मण राज ओझाको ग्रेडसम्म खोसुवा गरि कारबाही गरिएको उनले बताएका छन् ।२०५० सालमा स्थापना भएको नवजीवन सहकारीका १० वटा शाखा कार्यालयहरू छन् । देशैभरी कार्यक्षेत्र बनाएको सहकारीका २६ हजार बढी शेयर सदस्य छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार