मेराे पनि भारि जिम्मेवारी छ !

हाम्रो देश नेपाल जति पनि राजनीति दलहरु छन् सबैले आफ्नो आफ्नो पार्टीको बिधान र नीति संसाेधन गरि युवालाई सहज रुपमा पार्टी प्रवेश गर्ने
वातावरण तत्काल प्रबर्दन मिलाउनु पर्छ। याे गर्न सकिन भने युवहरुकाे बाटो भिन्न हुन सक्छ ।

म पनि एउटा नेपाली नगरीक, मतदाता हु मेराे पनि भारि जिम्मेवारी छ समाज रुपान्तरण गरि सभ्य समाज,भ्रष्टाचार मुक्त, शिक्षित,सुशासन राष्ट्र निमार्णमा तर नेपालका राजनीति दलले बिशेष गरि तीन ठुला दल नेपाली काँग्रेस,नेपाल कम्युनिस्ट पार्टी ऐमाले,माेबादी केन्द्र ले निरन्तर रुपमा एउटै उम्मेदवार टिकट दिने, टिकट दिदाँ पार्टीमा गरेको याेगदान हेर्ने,वयस्क लाई टिकट दिने व्यवस्थाले हामी युवा पिडिलाइ आफ्नो मताधिकार प्रयाेग गर्दा पनि हिचकिचावट हुने अबस्था सिर्जना भएको छ । नेपालमा गणतन्त्र स्थापना बि:स २०६५ जेठ १५ भए पनि जनताको यसकाे पुर्णतया भनेको पाएकाे छैन ।

हाम्रो देशमा जहिल्यै दलहरू एकआपसमा खिचातानी,कलङक,एकले अर्को काे कटाक्ष गर्दै मा धरै जसाे समय बर्बाद हुन पुगेको हाे यसको अर्थ याे हाेइन कि नेपालकाे इतिहासमा हाेस याँ बर्तमानमा दलहरू याेगदान छैन भन्न मिल्दैन किन भने दलहरुले नै गर्दा आज नेपाल याे दिशामा पनि आइ पुगेको हाे,राणा शाशन,पन्चायत,राजकिय व्यवस्था बिरुद्ध काे कठाेर संघर्ष पछि,प्रजातन्त्र,लाेकतन्त्र र गणतन्त्र सम्म देशलाई गतिशील बनाएको नै हाे यसमा म गर्व गर्छु तर व्यवस्था परिवर्तन भए पनि अबस्थामा भने जति परिवर्तन हुनु पर्थाे त्यति भएन यसकाे प्रमुख जड भनेको बारम्बार नेपालकाे शिर्ष स्थानमा उहीँ व्यक्ति आउनु हाे ।

अब,हामीले तत्काल परिवर्तन गर्नुपर्छ नत्र नेपालमा राजनीति दलले डिलाे सुस्त बिश्रराम लिनु पर्ने अबस्था नआउला भन सकिन किन भने बि:स २०७९ सालकाे स्थानीय चुनावकाे नयाँ अनुहार बाट प्रष्ट हुन सकिन्छ । नेपालका दलहरुले दलमा आबद्ध भै लामाे समय सम्म संघर्षरत गरेकाे,गुठ-उपगुठ,व्यापारी,ठेक्कादार तथा जुन बाट आफ्नो स्वार्थ पुरा हुन्छ उहाँलाइ निर्वाचन मा टिकट दिने ब्यबस्थाले गर्दा आज याे समय आएकाे हाे ।

हामीले नेपालको बर्तमान अबस्थालाइ गहिरिएर अध्ययन गर्ने हाे भने अहिले एक पछि अर्को पार्टी जन्महुन याे नैलाे कुरा हाेइन तर याे अबस्था सिर्जना हुनु काे प्रमुख कारण भनेकै नेपालमा दलहरु छिर्दा युवापिडिमा एक प्रकारकाे डर,त्रास र असन्तुष्टि काे बाताबरण पैदा हुदै आएकाे देखिन्छ । विभिन्न क्षेत्रबाट जिस्तै बाैज्ञानिक, डाक्टर,ईन्जिनियर,कलाकारिता,सञ्चारकर्मी,सुरक्षा जस्ता अन्यत्र क्षेत्रबाट केहि नयाँ बिचार,धारणा ,देशबिकाे चाँबि बाेकेर राजनीतिमा पाइला टेक्ने ब्यक्ति पनि दलबाट शाेषित बनु याे जस्तो दुर्भाग्यपूर्ण हाम्रो देशकाे लागि केहि हुन सक्दैन,त्यसैले यसबाट मुक्ति पाउन अहिले स्वतन्त्र उम्मेदवार,फरकफरक नामका दलकाे पैदा भएको देखिन्छ ।

अब, पार्टीहरुले आफ्नो स्वार्थ नहेरी हरेक क्षेत्र बाट अनुभव बटुलेर,जाेस,जागर,समाज स्वरुपानतरण काे खाँका काेरेर बसेका युवालाई सजिलि पार्टी प्रेवेश गर्ने वातावरण सिर्जना गरि युवाकाे शक्तिलाइ
समयमै चिन सकेभने भाेलि देशको राष्ट्रियता नै माथि पुग्ने निश्चित छ। आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न एउटा पूरै सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ । जसले आउँदै गरेको युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस् । केही वर्षदेखि राजनीति अहिंसात्मक, मूल्यमान्यतामा आधारित, नागरिकमुखी अनि युवामय बन्न सक्छ भनेर विवेकशील नेपालीले गरिरहेका कार्यक्रम त्यसको उदाहरण बन्न सक्छ । अब प्रत्येक पार्टीमा युवालाई अगाडि बढाउने संयन्त्र नै हुनुपर्छ । युवालाई नतिजा निकाल्न र जवाफदेही हुन बढी कर लाग्छ । किनकि, उनीहरूलाई आफूलाई साबित गर्नुपर्ने चुनौती हुन्छ । अब शीर्ष नेतृत्व अनि संगठनको मूल्यांकन नै उसले कति सक्षम नेतृत्व जन्माउन सक्छ, त्यसमा मापन हुन जरुरी छ । अनि मात्रै हामीले पनि युवा विपक्षी दलको नेता, युवा नै प्रधानमन्त्री, युवा मन्त्री पाउन सक्छौँ । नत्र सबै कुरा नारामा नै सीमित हुन्छ ।

राजनीति एक संस्कार पनि हो । यसलाई थुप्रै नेपाली नेताहरु पेशा र कमाइ खाने भाँडाे पनि भबाएका छन्,राजनीति पेशा नभइ सेवा हाे भने मानबोधक हुनुपर्छ र राख्नु पर्छ यो संस्कारले देश, जनता र दुबैको भविष्य निर्धारण गर्दछ र यो सत्य हो । बिगतदेखि वर्तमासम्मका ती खराब संस्कार र कुराजनीतिक संस्कारकै कारण देश बन्धक बन्यो र आज पनि अवस्था उस्तै छ ।

नेपालको समग्र राजनीतिलाई अझ नियाल्दै गर्दा व्यक्तिगत रुपमा पनि युवावर्गलाई खुलेर राजनीतिमा आउन अनुरोध गरिरहेकै हुन्छु । कारण पुरातन राजनीतिक ब्यबस्था तिनै युवावर्ग अनि योग्य र सक्षम ब्यक्ति राजनीतिमा नआएसम्म बूढा भएका, खिया लागेका ती साम्राज्य ध्वस्त पार्न कठिन छ विकास तराजुमा जोख्न सकिने वस्तु मात्र नभई जनताको सक्षममताको स्तर तथा अनुभूतिको विषय पनि हो । देशको विकासमा आर्थिक, सामाजिक, मानवीय, भौतिक, राजनीतिक, प्राविधिकजस्ता पक्षहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि युवा जनशक्ति नै खडा हुनुपर्छ ।

पुरानो पुस्तालाई उहाँ हाम्रो देशका लागि गर्नु भएको याेगदान कदर गर्दै ससम्मान गरि राजनीतिबाट बिदा गराइ उनीहरूको अनुभव र राम्रो शिक्षालाई सिक्दै राजनीतिको बागडोर युवाहरूले लिनु पर्ने बेला आएको छ र लिनुपर्छ भने आत्माबाेध हरेक नगरिकमा पनि हुन जरुरत छ । युवाहरुले आफ्नो आर्थिक,सामाजिक,सुशासन,देश बताएका एजेन्डालाई केन्द्रविन्दु बनाएर आफूलाई तयार पार्नु पर्दछ ।

देशका राजनीतिक दलहरुमाथि सही निर्णयको लागि हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्दछ । यसलाई सारमा भन्दा, जबसम्म राजनीतिले सही बाटो लिन सक्दैन, तबसम्म देशले प्रगति गर्न सक्दैन, देश बिकास काे प्रमुख खाँका नै राजनीतिले काेर्ने गर्छ । याे खाँका काेर्न जिम्मेवारी सक्षम,सबल,सरल युवा नेतृत्वले मात्रै बहन गर्न सक्ने भएकोले अब युवाहरु राष्ट्रियता लागि संघर्षरत हुनुपर्छ ।

लेखक – ईन्जिनियर. सुरेन्द्र बाेहरा
ठेगाना -नेपालगन्ज १० बाँके

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार