सय रुपैयाँमै पेट भरी खाना मिल्ने रेस्टुरेन्ट धनगढीमा, अरू के पाइन्छ यस्तो भन्छन् सञ्चालक (भिडियो)

धनगढीमा मुना रेस्टुरेन्ट

धनगढी : धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी बिष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

ग्राहकहरूलाई सस्तो सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए । उनले सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको उनको भनाई छ ।

जम्मा सय रुपैयामा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ । लामो समय होटेल व्यवसायमा काम गरेका खनालले अहिले आफै रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

बजारमा रेस्टुरेन्टमा विकसित भएता पनि क्याम्पस रोडमा खासै यो स्तरको रेस्टुरेन्ट नभएकाले आफूले सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए । सन २००० देखि मुम्बईबाट होटेल व्यवसाय सुरु गरेका खनालले मुम्बईमा चार वर्ष काम गरेका थिए ।

त्यस लगत्तै उनले नेपालमा आएर धनगढीको होटेल डिभोटी, होटेल साथी, चिकेन स्टेसन लगायतका होटेल संस्थाहरुमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव खनालसँग छ ।

बाँकि भिडियो मार्फत :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार