जापान पुगेर प्रचण्डले झुटो बोले (भिडियो)

जापान पुगेर प्रचण्डले झुटो बोले

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर झुटो बोलेका छन्। शनिबार विहान जापान पुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा झुटो बोलेका हुन्।

उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए। ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो। किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमढा गर्दा मसँग दुई तिन पटक कुराकान भएको थियो। असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन राम्रो भएको थियो।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन्। नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन्। सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए। जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो। त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन्। पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिए।

जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो। प्रचण्डले यो घटना असाध्य दुखद भएको र जापानका लागि दुर्भाग्यपूर्ण भएको बताए। ‘उहाँलाई भेटेर नेपाल र जापनको सम्बन्ध अर्को हाइटमा कसरी लने भन्ने मेरो इच्छा थियो, त्यो पूरा भएन। असाध्यै दुखद घटना भयो, जाापानका लागि दुर्भाग्यपूर्ण घटना हो।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार